कावासोतीमा ७ महिना पनि ४ किलोमिटर सडक कालोपत्रे भएन

कार्तिक ९, २०८० | पूर्वी नवलपरासी

निर्माण कम्पनीको लापरकाहीका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार क्षेत्रमा सडक बिस्तारको काममा ढिलाई भएको छ । कावासोतीको डण्डापुलदेखि पूर्वतर्फ वन कार्यालयसम्मको क्षेत्रमा गत चैत १२ गतेबाट सडक बिस्तारको काम सुरु भएको हो ।

निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले काम थालेको ७ महिनाको अवधिमा ४ किलोमिटर पनि सम्पन्न गर्न सकेको छैन ।

ठाउँ ठाउँमा थुपारिएका ग्राभेलका कारण राजमार्गमा दुर्घटनाको जोखिम बढाएको छ । सम्बन्धित निकायको बेवास्ताका कारण सडक बिस्तारको कामले गति लिन नसकेको कावासोती–१६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार राजमार्ग फराकिलो पार्ने क्रममा धूलो उडन नदिन पानी हाल्नुपर्ने सम्झौता भएपनि त्यो काम हुन सकेको छैन ।

त्यस्तै, बुटवल नारायणगढ सडकखण्ड निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले काम थालेको ३ वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि पूरा हुन सकेको छैन । सो सडक निर्माण सम्पन्न गर्ने सम्झौतापछि दुई पटक म्याद थप भईसकेको छ । 


प्रतिक्रिया