प्रधानमन्त्री दाहाल भुकम्प प्रभावित क्षेत्रमा

कार्तिक १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रहरुको निरिक्षणमा पुग्नुभएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा सहित प्रधानमन्त्री दाहाल उपचार सामग्री र स्वास्थ्यकर्मी लिएर केहीबेर अघि प्रभावित क्षेत्र जारकोट पुग्नुभएको हो ।

उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज आज बिहानै त्यसतर्फ प्रस्थान गरेको थियो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एउटा हेलिकप्टर पठाएको छ । 


प्रतिक्रिया