कोशी प्रदेशबाट एमाले बाहिरियो

कार्तिक १८, २०८०

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुादै एमालेले सरकार छाडेको हो । 

एमालेबाट मन्त्री बनेका दलका उपनेता राम बहादुर राना मगरले राजीनामा दिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले हिजो नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराउनु भएको थियो । दुबै मन्त्रीको जिम्मेवारी भने तोकिएको छैन ।

एमालेका ३९ जना सांसदको समर्थनमा कार्की गत असोज २८ मा मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शमशेर राईलाई मन्त्री बनाउनुभएको थियो । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री बन्नु भएको हो । 


प्रतिक्रिया