कावासोतीमा सयपत्री फूलको मुल्य प्रतिकेजि ५ सय रुपैयाँ

कार्तिक २५, २०८० |

पूर्वी ननवलरासीको कावासोती नगरपालिकामा तिहारका लागि प्रयोग हुने सयपत्रि फूलको मुल्य निर्धारण गरिएको छ ।

 नगरपालिकामा बसेको फुलखेती गर्ने किसान र सरोकारवालाको बैठकले सयपत्री फूलको मुल्य प्रति केजि ५ सय रुपैयाँ निर्धारण गरेको हो ।
 नगरपालिकाका प्रमुख बिष्णुप्रसाद भुसाल र कृषकका प्रतिनिधि सहभागि बैठकले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेको हो ।

 बैठकले प्रति मालाको मुल्य फूलको गुणस्तर अनुसार १ सयदेखि १ सय ३० रुपैयाँसम्म तोकेको छ । सो नगरपालिकाले भारतवाट आयात गरिने प्लाष्टिकका फूल बिक्रि बितरणमा रोक लगाएको छ ।  


प्रतिक्रिया