घरमा आगोलागी हुँदा आमा छोराको मृत्यु

कार्तिक २६, २०८० | गोरखा

गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकस्थित एक घरमा आगलागी हुँदा आमा छोराको मृत्यु भएको छ । आगलागीमा परी स्थानीय ७५ वर्षीया कान्छी गुरुङ र ३९ वर्षीय चन्द्रसिं गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

आगलागीको कारण खुलेको छैन । आगालागीबाट घर नष्ट भएको र आमा छोराको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट घटनाको अनुसन्धानका लागि प्रहरी टोली पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

गएराति करीब १० बजेतिर आगालागी भएको स्थानीयले बताए । धार्चे–१ का वडा अध्यक्ष रामसिं गुरुङका अनुसार आगोलागीमा परी मृत्यु भएका चन्द्रसिं अपाङ्कता भएका व्यक्ति हुन् । चिसो बढेसँगै अगेनामा फुकेको आगो सल्किएर घटना भएको हुनसक्ने वडा अध्यक्ष गुरुङको भनाई छ ।


प्रतिक्रिया