बोरामा बाँधेर खोलामा फालिएको चितवनमा दूई जनाको शव फेला

मंसिर ६, २०८०

चितवनको भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको अवस्थामा दूई जनाको शव भेटिएको छ । 

भरतपुर महानगरपालिका–१२ मा पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिकैको पुलमुनि एक महिला र एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताउनुभयो । जुटको बोराभित्र अन्दाजी ३० वर्षीया महिला र पुरूषको शव भेटिएको पण्डितले बताउनुभयो ।

 खोलामा माछा मार्दै गरेका स्थानीयले शव सहितको बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु भएको चितवन प्रहरीले जनाएको छ । 


प्रतिक्रिया