मेची राजमार्गमा दोस्रो दिन पनि यातायात अवरुद्ध

मंसिर १३, २०८० | पाँचथर

‘कोशी’ नाम विरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको बन्दका मेची राजमार्गमा दोस्रो दिन आज पनि यातायात अवरुद्ध भएको छ ।

चारदिन अघि ताप्लेजुङ आएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउँदै गाडीमा तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता रिहाईको माग गर्दै समितिले मेची राजमार्गसहित ताप्लेजुङ बजार बन्दको आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मंगलबार हिजो पनि मेची राजमार्गमा यातायातका साधन चलेका थिएनन् ।

प्रहरीले पहिचान पक्षधर पाथिभरा ३ का विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ पक्राउ गरेको संघर्ष समितिको दाबी छ । प्रहरीले भने शान्ति सुरक्षा बिथोलेका कारण उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

 बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ –फिदिम र फिदिम –इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन । पहिचान पक्षधरहरुले ठाँउ ठाँउमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन । 


प्रतिक्रिया