लमजुङ अस्पतालमा तोडफोड

मंसिर १४, २०८०

सुत्केरी र शिशुको मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले आज बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । 

ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जनाप्रहरी घाइते भएका छन् । घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ । 

सुत्केरी र शिशुको मृत्यु भएको विषयमा छानविन गर्न गठित टोली आउन ढिलाइ गरेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारी माथि लाठी चार्ज र ८ राउन्ड अश्रु्रुग्यास समेत प्रहार गरेको थियो । 


प्रतिक्रिया