बागलुङमा छुट्टा छ्ट्टै घटनामा दुई जनाको हत्या

मंसिर १८, २०८० | काठमाडौं

बागलुङका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको हत्या भएको छ । बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङका ४० बर्षका लालमन बिकको आफ्नै भतिज ३३ बर्षिय हिरालाल बिकले हत्या गरेको जिल्ला प्रहरीका डिएसपी मदन केसीले जानकारी दिनुभयो । गएराती दुईजना बीच विवाद भएपछि हिरालालले लालमनलाई टाउकोमा कोदालोले हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, बागलुङकै दर्लिङ नगरपालिका वडा नंं १३ का हरिबहादुर सिंह नेपालीले घर झगडाको निहुँमा ५० बर्षिय पत्नि सितली शाहीको हत्या गरेका छन् । टाउको र खुट्टामा गम्भिर चोट लागेको सितलीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले हिरालाल र हरिबहादुरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया