विराटनगरको गोदाममा भएको आगलागीमा परेका घाइतेको थप उपचार कीर्तिपुरमा

मंसिर २०, २०८०

मोरङको विराटनगरको सात घुम्तीस्थित कवाडी सामानको एक गोदाममा आगलागी हुंदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । आगलागीमा परी विराटनगर ७ का ३० वर्षीय दीपक मण्डलसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षब डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो । एक जनाको भने सनाखत हुन सकेको छैन । 

घाइते चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाण्डौंको किर्तिपुर वर्न सेण्टर ल्याइएको छ । मोरङ प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगर ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीय सुशीला पासवान, सोही वडाका ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । कबाडी गोदाममा काम गर्नेहरुले संकलन गरेर ल्याएको कबाडी कुच्याउने क्रममा आगलागी भएको घाइते किशोर पासवानले बताउनुभयो । 


प्रतिक्रिया