राप्ती उपत्यकाको घरजग्गा किनबेचमा लगाइएको रोक फुकुवा

मंसिर २१, २०८० | दाङ

दाङमा देउखुरीको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशको राजधानीस्थल क्षेत्रमा घरजग्गा किनबेचमा लगाइएको रोक फुकुवा भएको छ ।

 राजधानी घोषणासँगै सो क्षेत्रमा जग्गा कारोबार बृद्धि भई राजधानीका लागि आबश्यक घरजग्गा अभाव हुनसक्ने भन्दै प्रदेश सरकारले किनबेचमा रोक लगाएको थियो ।

 २०७७ असोज २० गते प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेको थियो । 

सो घोषणासँगै मन्त्री परिषद्को बैठकले राजधानी क्षेत्र राप्ती उपत्यका अन्र्तगत दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को घरजग्गा रोक्का गर्ने निर्णय गरेको थियो । 

मालपोत कार्यालय लमहीले एक सार्वजनिक सूचना प्रकाशित गरी कित्ताकाट नहुने गरी जग्गा किनबेच फुकुवा भएको जानकारी गराएको छ । 


प्रतिक्रिया