२९ तोला बढी सुनसहित बर्दियामा २ जना पक्राउ

मंसिर २४, २०८० | बर्दिया

बर्दियामा स्रोत नखुलेको २९ तोला बढी सुन सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १९ राझाका २९ वर्षीय मोहन विक र राप्ती सोनारी गाउँपालिका २ का ३८ वर्षीय देवेन्द्र बहादुर घर्ती छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको कतरनियामा सवारी जाँच गर्ने क्रममा एक निजी कारबाट उनीहरु पक्राउ परेका हुन् ।

हिजो पक्राउ परेका उनीहरुलाई प्रहरीले आज मात्र सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक कारवाहीका लागि राजापुरस्थित भन्सार कार्यालयपठाइएको बर्दियाका प्रहरी उपरिक्षक सुधिर राज शाहीले बताउनुभयो ।


प्रतिक्रिया