बुद्धसंग सम्बन्धित तीन वटा सहरलाई पिस सिटी घोषणा गरीने : प्रधानमन्त्री दाहाल

मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्प कमल दाहालले बुद्धसंग सम्बन्धित तीन वटा सहरलाई ‘पिस सिटी’घोषणा गर्ने बताउनु भएको छ । पश्चिम नवलपरासीको रामग्राम स्तुपको वृहत्तर विकास परियोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले बुद्ध सर्कीटको वृहत्तर विकास र प्रचारप्रसारका लागि नवलपरासीको रामग्राम, रुपन्देहीको लुम्बिनी र कपिलबस्तुको तिलौराकोटलाई संयुक्तराष्ट संघ मार्फत पिस सिटी घोषणा गरीने बताउनुभयो । 

विश्व शान्ति र सो क्षेत्रको विकासमा कोषेढुंगा सावित हुने उहांको भनाई थियो । विश्वमा आफ्नो साम्राज्य फैलाउनका लागि युद्धमा होमीएका असोक सम्राटले शान्तिका लागि लुम्बिनीमा आएर असोक स्तम्भ बनाएको सम्झदै आफु पनि युद्धबाट परिवर्तन गरेर विश्व शान्तिको अभियान चलाएको उहांको भनाई थियो । वृहत्तर रामग्राम विकासको परियोजना घोषणा गर्दै प्रचण्डले विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्नु भएको थियो ।

सोही कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरांतीले बुद्धसंग सम्बन्धित क्षेत्रको एकीकृत विकासमा जोड दिनुभयो । रामग्रामको प्राचिन सभ्यतालाई झल्को दिनेगरी योजना तयार पारेर धार्मिक पर्यटनलाई आकर्षित गर्नुपर्ने उहांको भनाई थियो । रामग्राम स्तुपको वृहत्तर विकासका लागि द प्रमिश ल्याण्ड नामक सस्थासंग सम्झौता भएको पनि उहांले जानकारी दिनुभयो ।  


प्रतिक्रिया