स्वास्थ्य संस्था र विद्यालयले प्रयोग गर्ने अधिकाशं खानेपानीमा कोलिफर्म

पुस १, २०८० | गोरखा

गोरखाका स्वास्थ्य संस्था र विद्यालयहरुले प्रयोग गर्ने खानेपानीको नमुना परिक्षणको क्रममा अधिकाशंमा फिकल कोलिफर्म इकोली देखिएको छ । गोरखा नगरपालिका क्षेत्र भित्र परिक्षण गरिएका मध्ये अधिकाशं खानेपानीमा कोलिफर्म दिशामा पाइने किटाणु भेटिएको हो । 

१७ स्वास्थ्य संस्थाको १९ वटा खानेपानी नमुना परिक्षण गर्दा १२ वटा नमुनामा फिकल कोलिफर्म देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै ३२ वटा विद्यालयको ३३ वटा खानेपानीको परिक्षण गर्दा २५ वटा नमुनामा फिकल कोलिफर्म देखिएको स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निीसियन निरिक्षक नारायण वावु अर्यालले जानकारी दिनुभयो । 

खानेपानीको नमुना परिक्षण कार्य मंसिर २५ गतेबाट भएको थियो । कोलिफर्म देखिएपछि शुद्धिकरणका तरिकाहरु अपनाई प्रयोग गर्न सुझाव दिइएको अर्यालले बताउनुभयो । 


प्रतिक्रिया