पर्यटकीयस्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोडिने

पुस २, २०८० | कास्की

गण्डकी प्रदेश सरकारले म्याग्दीको पर्यटकीयस्थल घोडेपानीलाई कास्की जिल्लासँग सडक सञ्जालले जोड्ने भएको छ ।

चित्रेदेखि–घोडेपानी जोड्ने सडक स्तरोन्नति पनि गरिने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । चित्रेदेखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि तीन करोडको बजेट व्यवस्था गरेर बहुुबर्षीय ठेक्कामा लैजान लागिएको हो ।

घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यसवर्ष तीस लाख बिनियोजन भएको छ । थप बजेटको व्यवस्था गरेर यसैवर्ष कास्की र म्याग्दीलाई सडकले जोड्ने मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले चालुु आर्थिक वर्षमा तीस लाख बिनियोजन भएको चित्रे घोडेपानी सडकका लागि थप तीस लाख बजेट थप गर्ने बताउनुभयो । 


प्रतिक्रिया