नेपालले विश्वकपमा अस्ट्रेलियाको सामना गर्दै

माघ ९, २०८१ | काठमाडौं

नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको बागींस्थित मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेब सुरु हुनेछ । नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । 

नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दुई हार व्यहोरिसकेकाले तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध जित निकाल्नुको विकल्प छैन । अघिल्ला दुवै खेलमा नेपालले राम्रो ब्याटिङ गर्न सकेको छैन । फिल्डिङमा पनि नेपाल कमजोर नै देखिएको छ ।

समूहका शीर्ष तीन टोली ‘सुपर फोर’ मा पुग्ने प्रावधान छ । समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई अब यस खेलमा जित्नैपर्ने दबाब रहनेछ । 

पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप खेलिरहेको नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरेमा मात्र ‘सुपर फोर’ पुग्ने झिनो सम्भावना रहन्छ । नेपाल यसअघि स्कटल्यान्डसँग एक विकेट र बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । 

नेपाल दुई खेलमा अंकविहीन बनेर समूह ‘डी’को पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्यान्डको समान २–२ अंक छ । 


प्रतिक्रिया