पानीको समस्या देखाउन खाली गाग्री लिएर मेयर साम्पाङ सिंहदरवारमा

माघ ८, २०८१

धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न माग गर्दै मेयर हर्क साम्पाङ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरवार आउनुभएको छ । पानीको समस्या देखाउन खाली गाग्री लिएर आएपछि सुरक्षाकर्मीले मेयर साम्पाङलाई गाग्री लिएर सिंहदरवार छिर्न दिएनन् । त्यसपछि उहाँले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गर्दै धरानमा खानेपानीको समस्याबारे जानकारी गराउनुभएको थियो ।

भेटका क्रममा खानेपानी मन्त्री यादवले धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मेयर सम्पाङले खानेपानी आयोजनाका लागि बहुबर्षीय ठेक्का लगाउनुपर्ने बताउनुभएको छ ।

यसैबीच, सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेलसँग भेट्न खोजेपनि समय नपाएको दावी गर्नुभएको छ । 


प्रतिक्रिया