हरिद्धारमा फेरी एक नेपाली कामदार लुटिए

पुस ३, २०८० | कञ्चनपुर

भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक जना नेपाली कामदार बाटोमै लुटिएका छन् । कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेत बराहताल गाउँपालिका ६ का ३७ वर्षिय विष्णु विक भारतको उत्तराखण्ड हरिद्घारमा लुटिएका हुन् । हरिद्घारमा लुटिएपछि अलपत्र परेका उनी आज गड्डाचौकी नाकामा पुगेको हाम्रा सहर्कमीले जनाएका छन् । मंसिर ३० मा कर्णप्रयागबाट घर हिडेका उनी पुस १ गते हरिद्घार बसपार्कमा झर्ने वितिक्कै ३ जना सुर्खेत घर बताउने नेपालीले नै चिसो पिउन लगाएर बेहोस बनाइ लुटेको विकले बताएका छन् । ज्याला मजदुरी गरेर कमाएको २५ हजार भारु रुपैयाँ मोवाइल र झोलासहित लुटिएको बिकको भनाई छ । त्यस्तै दशैं यता मात्रै भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएको छन् । जसमध्ये १० जना हरिद्घारमै लुटिएको प्रहरीले जनाएको हो । 


प्रतिक्रिया