प्रतिबन्धीत ब्राउनसुगर सहित रुपन्देहीबाट एक जना पक्राउ

पुस ५, २०८० | बुटवल

प्रतिबन्धीत लागूऔषध ब्राउनसुगर बेचविखन गरिरहेको अबस्थामा रुपन्देहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका ४ का २१ वर्षीय गोपी किसन चौधरी छन् । चौधरीको साथबाट १६ ग्राम ३ सय मिलीग्राम ब्राउनसुगर बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

 सिद्धार्थनगर नगरपालिका ८ स्थित बैंक कलौनीमा सो लागू औषध कारोबार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथि लागू औषध दुरुपयोगको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया