काठमाडौंमा सहकारी ठगी गरी फरार व्यक्ति लमजुङबाट पक्राउ

पुस ६, २०८०
काठमाडौंमा सहकारी ठगी गरी फरार रहेकालमजुङको सुन्दरबजार नगरपालिका ८, भोटेओडारका लिलाधर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । भोटेओडारस्थित भक्तिनमुना माविको ५७ औं बार्षिक उत्सव तथा ४९ औं अभिभावक दिवसमा सहभागी भइरहेको बेला प्रहरीले बाहिर बोलाएर गेटबाट पक्राउ गरेको हो ।
सापकोटा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य हुन् । काठमाडौंको टोखा नगरपालिका ९ सामाखुसीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सापकोटा गत भदौदेखि फरार थिए । प्रहरीका अनुसार ७१ वर्षिय कालिलाधर सापकोटा विरुद्ध काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा परेको छ ।