बाघको आक्रमणबाट बर्दियामा १२ वर्षीय बालको मृत्यु

पुस ७, २०८० | बर्दिया

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ बैरियाका १२ वर्षीय सुनित थारुको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार बैरियास्थित जिरा सामूदायिक वनको छेउ हिँडिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।

पछिल्लो केही महिना यता बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । 


प्रतिक्रिया