सल्यानमा भिरबाट लडेर ६४ वर्षीय वृद्धको मृत्यु

फाईल फोटो  

पुस ८, २०८० | सल्यान

सल्यानमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । 

कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय शेरबहादुर बोहराको आज दिउँसो मृत्यु भएको हो ।

 घर नजिककैको तारापाई भिरबाट लडेका बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाले जानकारी दिनुभयो । 

त्रिबेणी गाउँपालिका ५ सिम्ख गएर फर्कने क्रममा बोहोरा लडेको भिरबाट लडेको प्रहरीले जनाएको छ । बोहोराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ ।  


प्रतिक्रिया