चार वर्षयता बर्दियामा बाघबाट १८ जनाको मृत्यु

पुस १०, २०८०

बर्दियाको सामूदायिक वन र खाता जैविक मार्गको क्षेत्र वरिपरि बाघको आक्रमणमा पछिल्लो चार वर्षभित्र १८ जनाको मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका वन अधिकृत टंक गुरुङले सामूदायिक वन र खाता जैविकमार्गमा बाघको बासस्थान बढ्न थालेपछि सो क्षेत्र जोखिम परेको बताउनुभयो । बर्दिया निकुञ्जका अनुसार ०५६ सालदेखि ०८० मंसिरसम्म जनावरको आक्रमणले ३६ जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार १ सय २५ वटा बाघ रहेका छन् । 

नजिकैको जंगल घास दाउराका लागि पुग्ने स्थानीयवासिन्दाको खास गरी बाघको आक्रमणमा पर्दै आएका छन् । 


प्रतिक्रिया