चार दिनदेखिको हुस्सु र शितलहरले बर्दियाको जनजीवन प्रभावित
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/news/BardiyaHospitaln-1704008213.jpg&w=700&height=600)
पुस १५, २०८० | बर्दिया
बर्दियामा चार दिन यता हुस्सु र शितलहरले जनजीवन प्रभावित भएको छ । गत बिहीबारदेखि परेको शितलहर र हुस्सुले जनजीवन प्रभावित भएको हो ।
चिसो बढेसँगै जिल्ला अस्पतालमा निमोनिया, दम, रुघाखोकी लगायत बिरामीको संख्या समेत बढेको छ । गुलरियास्थित जिल्ला अस्पतालका अनुसार दैनिक ५० बढी दुई वर्ष मुनीका निमोनिया भएका शिशु उपचारका लागि पुग्ने गरेका छन् ।
यस्तै, शितलहर र बाक्लो हुस्सुले भिजिबिटि कम हुँदा सवारी साधन निकै कम संख्यामा गुडिरहेकोे जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट जोगिन रेडक्रस लगायत संस्थासँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताउनुभयो ।