गोली हानेर जंगली हात्ती मारियो

पुस १६, २०८० | विराटनगर

मोरङको सुन्दरहरैचा १० जनजागरण सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । हात्तिको देव्रे खुट्टा माथि र घाँटीमा गोली लागेको पाइएको डिभिजन वन कार्यालय सलकपुरका अधिकृत लालबहादुर माझीले जानकारी दिनुभयो । हात्तीको पुछर काटिएको हुनाले शिकारीले मारेको हुन सक्ने आशंका वन अधिकृतको छ । पछिल्लो एक महिनादेखि चारकोसे जंगलमा दुई दर्जन बढी जंगली हात्तीले गाउँमा आतंक मच्चाउदै आएका छन् । सो क्रममा हात्तीको आक्रमणबाट झापामा चार र सुनसरी तथा मोरङमा एक जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया