तनहुँमा बस पल्टिदा चालक सहित ३२ जना घाइते

पुस १९, २०८० | तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबारीमा बिहीबार बिहान बस पल्टिदा चालक सहित ३२ जना यात्रु घाइते भएका छन् । पर्साको वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । 

बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।


प्रतिक्रिया