लुम्बिनीमा दुई महिनामा एक करोड ६ लाख भेटी संकलन

लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनका लागि लाइन लागेका भियतनामी तीर्थयात्री । तस्बिर : मनोज पौडेल/ रेडियो कान्तिपुर 

पुस २१, २०८० | कपिलवस्तु

बुद्ध जन्मस्थल लुम्बिनीमा करीब दुई महिनामा एक करोड ६ लाख रुपैयाँ भन्दा बढी दान भेटी संकलन भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर भित्र र अशोक स्तम्भ रहेको दान पेटिकाको रकम गणना गर्दा एक करोड ६ लाख ३३ हजार रुपैयाँ जम्मा भएको पाइएको हो । 

चालू आर्थिक वर्षको गत कात्तिक २३ देखि पुस १७ गतेसम्म संकलित भेटी १५ जनाले ३ दिन लगाएर शुक्रबार गणना सकिएको लुम्बिनी विकास कोष सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्लेले बताउनुभयो । 

मायादेवी मन्दिर आउने आन्तरिक र बाह्य पर्यटकले गरेको दान लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रहेको छ । गणनालाई पारदर्शी बनाउन सीसी क्यामराबाट निगरानीमा गरिएको थियो । लुम्बिनी मुलुकको सबैभन्दा धेरै पर्यटक आउने गन्तब्य हो ।


प्रतिक्रिया