मोरङमा शुल्क नतिरेको भन्दै सय बढी विद्यार्थीलाई परिक्षा दिन रोक

पुस २२, २०८० | विराटनगर

परीक्षा शुल्क नतिरेको भन्दै मोरङको विराटनगर महानगरपालिका–९ स्थित सरस्वती माध्यामिक विद्यालयले एक सय बढी विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ ।

विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई परीक्षा शुल्क वापत डेढसय देखि दुईसय रुपैयाँसम्म उठाउने गरेको छ । यसपटक विद्यालयको आन्तरिक परीक्षामा शुल्क नबुझाएको भन्दै ती विद्यार्थीहरुलाई परीक्षा हलबाट निकालेर घर पठाइएको हो ।

विद्यालयले तीन दिनदेखि महानगरस्तरीय परीक्षा लिइरहेको छ । विद्यालयकी प्राचार्य अनिता नेपालले परीक्षा हलबाट निकालिएका विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको पाइएपछि अविभावक लिएर आउनु भन्दै घर पठाइएको बताउनुभयो ।

विद्यालयले विद्यार्थीबाट कुनैपनि शुल्क नलिएको तर, विद्यालयले अविभावक सहयोगका नाममा सामान्य शूल्क लिने गरेको नेपालको भनाई छ । 


प्रतिक्रिया