सुनसरीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

पुस २६, २०८० | सुनसरी

सुनसरीको बराहक्षेत्र ५ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय ६९ बर्षीय भीमबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक नबीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बिहिबार बिहान घर नजिकैको जनजागृती सामुदायिक बनमा घाँस काट्न गएका बिष्ट दिउँसोसम्म नफर्किएपछी खोजी गर्ने क्रममा हात्तीले कुल्चिएर मृत अवस्थामा भेटिएको भण्डारीले बताउनुभयो ।

घटनास्थलमा २–३ वटाको समुहमा रहेका जंगली हात्ती समेत देखिएको प्रहरीले जनाएको छ । यो सँगै दुई महिनायता झापाको बाहुनडाँगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराइमा ७ जनाको ज्यान लिएको छ ।  


प्रतिक्रिया