किशोरीलाई भारत लैजाने क्रममा उद्धार

माघ ६, २०८०

विभिन्न प्रलोभनमा पारी भारत पुर्‍याइएका एक जना नेपाली किशोरीको उद्धार गरिएको छ । बर्दियाको बासगढी नगरपालिका–३ कि १७ वर्षीया एक किशोरीलाई भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरी नेपाल पठाएको हो । 

एसएसबीले ती किशोरी र दुई युवालाई सोधपुछ गर्दा सन्तोषजनक जवाफ नआएपछि क्याम्पमा लगिएको थियो । क्याम्पमा लगेर थप सोधपुछ गरेपछि उनीहरुले ती किशोरीलाई भारतको चेन्नई लैजान लागेको बयान दिएका थिए । एसएसबीले उनीहरुलाई नेपाल प्रहरी लगायत मानव बेचबिखन विरुद्ध अभियानमा लागेका शान्ति पुनःस्थापन गृहलाई बुझाएका थिए ।

पक्राउ पर्नेमा बासगढी–३ का २१ वर्षका कासिम अहम्मद र २० वर्षीय मोहम्मद कैफ रहेका छन् । उनीहरुको साथबाट भारतीय आधार कार्ड बरामद भएको बर्दियाका पैहरी उपरीक्षक सुधिर राज शाहीले बताउनुभयो ।


प्रतिक्रिया