करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु

माघ १४, २०८० | काठमाडौं
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ काहुँलेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर स्थानीय ५० वर्षीया चन्द्रकुमारी सुनारको घटनास्थलमा नै मृत्यु भएको हो ।
आज दिउँसो साढे १२ बजे घाँसको भारी बोकेर घर फर्किने क्रममा घाँसले विजुलीको पोल छुँदा सुनारलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लगि जिल्ला अस्पताल लगिएको छ ।