रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई दिइएको भन्दै आपत्ति

माघ १६, २०८०

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले गौतम बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम स्तुप क्षेत्रको उत्थान, संरक्षण, संवद्र्धनका लागि निजी कम्पनीलाई लिजमा दिएको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । 

पुरातात्विक स्थल बदनीयतपूर्ण तरीकाले रामग्राम स्तुपको अस्तित्व नै भविष्यमा खतरामा पर्ने अवस्था आउन सक्ने सो संस्थाका अध्यक्ष शम्भु उपाध्ययले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । सो निर्णय बदर हुनुपर्ने र रामग्राम स्तुपको संरक्षण, संवद्र्धनन एवम् विकास सरकार वा सम्बन्धित निकायले स्वयं गर्नुपर्ने पनि उहांले उल्लेख गर्नुभएको छ । 


प्रतिक्रिया