तनहुँमा बाँदर आतङ्कले किसान हैरान

माघ १८, २०८० | काठमाडौं

तनहुँमा बाँदरको आतङ्कबाट पीडित भएपछि किसानले खेती लगाउनै छाडेका छन् । 

दुःख गरेर लगाएको बाली खाने बेला नहुँदै बादँरको हुल खेतबारीमा पसेर बाली नष्ट गर्न थालेपछि अधिकांश कृषक हैरान भएका हुन् । बाँदर आतङ्कले करिव ३ वर्षदेखि खेतबारी बाँझो छाडेको बन्दिपुर गाउँपालिकाका कृषक कृष्णप्रसाद सापकोटाले बताए । 

बाँदरबाट आतङ्कित कृषकहरुले गत जेठ १३ गते बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति समेत गठन गरेका छन् । 

समितिले स्थानीय, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट बाँदर नियन्त्रण गरी अन्नबाली जोगाइदिन भन्दै ध्यानाकर्षण समेत गराएका छन् । तर, समस्या समाधान भने हुन नसकेको किसानहरुको भनाइ छ । 


प्रतिक्रिया