कान्तिपुरकर्मी केसी र अर्याल पुरस्कृत

माघ २१, २०८०

लुम्बिनी प्रदेशको सातौं स्थापना दिवसको अवसरका लुम्बिनी प्रदेशको आर्थिक विकासमा कमल चलाएका कान्तिपुरकर्मी माधव अर्याल र वीरेन्द्र केसी सहित १३ जना पत्रकार पुरस्कृत भएका छन् । राप्ती उपत्यका दाङको देउखुरीमा भएको प्रदेश स्थापना दिवसको कार्यक्रममा अर्या र केसी सहित १३ जना पुरस्कृत भएका हुन् । 

अग्रज पत्रकार पुरस्कार दाङ लमहीका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई १ लाख राशी र १२ जनालाई ५० हजार राशीको पुरस्कारले प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट पुरस्कृत गरिएको लुम्बिनीका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताउनुभयो । 

लुम्बिनी प्रदेशको गृहमन्त्रालयले एक जना अग्रज सहित १२ जिल्लाबाट एक–एक जना पत्रकार समेट्ने गरी पुरस्कृत गरिएको उहांले बताउनुभयो । 


प्रतिक्रिया