अवैध रुपमा खयरको रुख कटान गरेको आरोपमा एक पक्राउ

माघ २२, २०८० | सिरहा

सिरहाको वन क्षेत्रबाट अवैध रुपमा बहुमुल्य खयर प्रजातीको काठ कटान गरेको आरोपमा डिभिजन वन कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको छ । 

अवैध रुपमा रुख कटान गरेको अभियोगमा लहान नगरपालिका–१४ का विशेश्वर यादवलाई नियन्त्रणमा लिईएको लहानस्थित डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनुभयो । 

उहाँका अनुसार लहान–२४ मल्हनवास्थित वन क्षेत्रबाट बहुमुल्य खयर प्रजातीको १ सय ४२ दशमलव ५९ क्यूविक फिट परिमाणको ५९ थान गोलिया काठ सहित यादवलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका यादवलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको चौधरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया