पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

माघ २३, २०८० | बिर्तामोड

नेपाली कांग्रेसका पुराना नेता केशवकुमार बुढाथोकीको गएराति निधन भएको छ । 

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बुढाथोकीको सोमबार राति ८० वर्षको उमेरमा निधन भएको हो । बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । 

पछिल्लो समय उहाँको मिर्गौलामा समेत समस्या देखिएको थियो । झापा अर्जुनधारा निवासी बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र गणतन्त्र प्राप्तपछि सामान्य प्रशासन मन्त्री बन्नु भएको थियो । 

उहाँ साविकको शनिश्चरे गाउ“ पञ्चायतका प्रधानपञ्च, झापा जिल्ला पञ्चायतका सभापति, राष्ट्रिय पञ्चायतका सदस्य हु“दै २०६४ को निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद तथा २०७० को संविधानसभा सदस्य समेत हुनु भएको थियो । 

‘सेतो बाघ’ उपनामले समेत चिनिने बुढाथोकी हक्की र स्पष्ट वक्ताका रुपमा चिनिनु हुन्थ्यो । 

उहाँले पूर्व राजा विरेन्द्र शाहसँगै भारतको दार्जिलिङमा अध्ययन गर्नु भएको थियो । बुढाथोकीका दुई छोरा र एक छोरी छन् ।  


प्रतिक्रिया