नेपाल र अस्ट्रेलियाबीच लगानी ब्यवस्थापन सम्झौतामा हस्ताक्षर

माघ २७, २०८० | अस्ट्रेलिया

नेपाल र अस्ट्रेलियाबीच ब्यापार तथा लगानी ब्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदको अस्ट्रेलिया भ्रमणका क्रममा सो सम्झौतामा हस्ताक्षर भएको हो । 

परराष्ट्रमन्त्री साउद बिहीबार पर्थमा हुन लागेको इण्डियन ओसन कन्फ्रेन्समा सहभागी हुन अस्ट्रेलिया पुग्नु भएको हो । शुक्रबार उहाँले अस्ट्रेलियाका विदेशमन्त्री पेनी ओङ्गस“ग औपचारिक भेटवार्ता गर्नु भएको थियो । 

सोही अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका लागि सहायक विदेशमन्त्री टीम वाट्सले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

दुई देशबीचको ‘ट्रेड एन इन्भेष्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट (टीफा)’ नाम दिइएको यस सम्झौता अनुसार नेपाल र अस्ट्रेलियाबीच भइरहेको ब्यापारिक सम्बन्धमा सुधार आउने बताइएको छ । 

क्यानबेरास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै सो सम्झौताले नेपाल र अस्ट्रेलियाबीचको द्धिपक्षीय ब्यापारिक तथा आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने जनाएको छ ।

सम्झौताले द्धिदेशीय ब्यापार तथा लगानीलाई प्रोत्साहन र सहजीकरण गर्ने उल्लेख गरेको छ । अस्ट्रेलिया तथा नेपालबीचको आयात निर्यात ब्यापारमा रहेको ठूलो अन्तरलाई यस सम्झौताले कम गर्ने अपेक्षा राखिएको छ ।

दुई देशका विदेशमन्त्रीको भेटवार्तामा द्धिदेशीय सम्बन्धका बारेमा छलफल भएको दूतावासले जनाएको छ ।

यसैगरी मन्त्रीद्वयले दुई देशको आपसी हित र निरन्तर सम्बन्ध बिस्तार भइरहेको प्रति खुशी ब्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियाली विदेशमन्त्री योङ्गले इण्डियन ओसन क्षेत्रमा रहेका सात विदेशमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा समेत मन्त्री साउद सहभागी हुनु भएको थियो । यसैगरी मन्त्री साउदले सिंगापुरका विदेशमन्त्री डा. भिभियन बालाक्रिसननस“ग समेत द्धिपक्षीय भेटवार्ता गर्नु भएको थियो । 


प्रतिक्रिया