पूर्वी नवलपरासीमा पाटे बाघ मृत अवस्थामा फेला

फाल्गुन ४, २०८० | पूर्वी नवलपरासी
पूर्वी नवलपरासीको अरुणखोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
मध्यबिन्दु नगरपालिका १० अरुणखोला जङ्गलमा बयस्क बाघ मृत अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले बताउनुभयो ।
भाले बाघ केही दिन अगाडी नै मरेको र कुहिएको अवस्थामा फेला परेको उहाँको भनाई छ । के कारणले बाघ मरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
एक महिना अगाडीदेखि जिल्लाको विनयी त्रिवेणी र मध्यबिन्दु क्षेत्रमा बाघ देखिएको थियो ।