दाङमा गोली लागेर शिकारीको मृत्यु

फाईल फोटो  

फाल्गुन ५, २०८०

दाङको शान्तिनगर गाँउपालिका १ स्थित जंगलमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । 

शिकार खेल्न गएका बबई गाउँपालिका–४ ठाटी खोलाका २४ वर्षीय तेजलाल खत्रीको भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

खत्रीको मृत्युपछि शिकार खेल्न गएका अन्य १० जना फरार भएकाको खोजी भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अजयजंग थापाले जानकारी दिनुभयो । 

साथीहरुको गोली प्रहारबाट उनको मृत्यु भएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । 


प्रतिक्रिया