संखुवासभामा १३ हजार बालबालिकालाई दादुरा रुबेला खोप दिइने

फाल्गुन ६, २०८०

स्वास्थ्य कार्यालय संखुवासभाले फागुन २७ देखि चैत ३ सम्म जिल्लाका १३ हजार ३ सय ४८ बालबालिकालाई दादुरा रुबेला खोप अभियान चलाउने भएको छ । 

स्वास्थ्य कार्यालयले आईतबार अभिमुखिकरण कार्यक्रम आयोजना गरेर ९ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई २ सय ९९ खोप केन्द्रबाट दादुरा र रुबेला खोप दिईने जानकारी दिएको हो । यसका लागि ५ सय ९८ जना स्वास्थ्यका कर्मचारी परिचालन गरिने खोप कार्यक्रम संयोजक रोषण श्रेष्ठले बताउनुभयो । जिल्लाका १० स्थानीय तहका ७६ वटै वडामा खोप कार्यक्रम एकैपटक संचालन गरिने छ । 

खोप कार्यक्रमका लागि झण्डै ३५ लाख खर्च हुने अनुमान गरिएको छ । 


प्रतिक्रिया