बर्दिवासमा कार्यालय स्थापनाको १८ वर्षपछि नेपाल टेलिकमको सेवा

फाल्गुन ६, २०८०

महोत्तरीको बर्दिवासमा कार्यालय स्थापना भएको १८ वर्षपछि नेपाल टेलिकम बर्दिवासले सेवाग्राहीलाई सेवा दिन थालेको छ । सर्वसुलभ मुल्यमा एन्टी फाईभर नेट सहित टेलिकमले दिने सबै सेवा बर्दिवास कार्यालयबाटै दिन थालिएको कार्यालय प्रमुख निरज कुमार जयसवालले जानकारी दिनुभयो । 

टेलिकमले २०६२ सालमा बर्दिवासमा शाखा कार्यालय संचालनमा ल्याएको थियो । कार्यालय संचालन भएपनि सेवा विस्तार नहुंदा जिल्लाका उत्तरी क्षेत्रका औरही,बर्दिवास,गौशाला,लगायत अन्य ठाउंबाट समेत सेवाग्राही सदरमुकाम जलेश्वर धाएरै सेवा लिदैं आएका थिए । लामो समयदेखि बर्दिवासमै टेलिकमको सेवा माग गरिरहेका सेवाग्राही बर्दिवासबाटै सेवा सुरु भएपछि हर्षित भएका छन् ।


प्रतिक्रिया