गठबन्धन र सरकारको आयु काँग्रेसको निर्णयमा भर पर्छः गृहमन्त्री श्रेष्ठ

फाल्गुन १२, २०८० | काठमाडौं

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु नेपाली काँग्रेसको निर्णयमा भर पर्ने बताउनुभएको छ । 

सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले गठबन्धन र सरकारको भविष्य काँग्रेसको निर्णयमा निर्भर हुने बताउनुभएको हो ।

 प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरुको राजीनामा माग गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजिनामा माग्ने विपक्षीको धर्म भएको टिप्पणी गर्नुभयो । 

अर्को प्रसंगमा गृहमन्त्री श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको दावी गर्नुभयो । 


प्रतिक्रिया