कालीकोटमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा २ जनाको मृत्यु

फाइल फोटो  

फाल्गुन २६, २०८० | कालिकोट

कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा आज बिहान पोल ढल्दा करेन्ट लागेर स्थानीय ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो ।

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् । विद्युतको पोल ब्यवस्थित नगरिएकाले ढलेर उनीहरुको ज्यान गएको स्थानीयको भनाई छ । 


प्रतिक्रिया