सिन्धुलीस्थित टेलिकमको टावरमा वम विष्फोट

चैत्र २, २०८० | सिन्धुली

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित दुम्जाडाँडाको बीपी पार्कमा रहेको टेलिकम टावरमा विस्फोट भएको छ ।

अज्ञात समूहले आज बिहान टावरमा लक्षित गरेर विस्फोट गराएका थिए । 

विष्फोटबाट टेलिकम टावरको भवनमा सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ । 

कुकरको विर्को र पेट्रोलको गन्ध आउने दुइवटा बोतल प्रहरीले बरामद गरेको छ । 

विष्फोट भएको स्थानमा जनमुक्ती सेना नामको पर्चा भेटिएको सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरन्जिवी दाहालले बताउनु भयो । 


प्रतिक्रिया