किसानलाई समयमा उन्नत बिउ, विषादी र मलमा अनुदान दिन सरकारसँग लोसपाको माग

चैत्र ८, २०८० | धनुषा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कृषिको उत्थानका लागि किसानलाई समयमा उन्नत बिउ, विषादी र मलमा उचित अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

त्यस्तै, सो पार्टीले निजी र सरकारी क्षेत्रमा रहेका उद्योगहरुले वषौँदेखि किसानलाई भुक्तानी गर्नुपर्ने रकम नदिएकोमा चासो व्यक्त गर्दै तत्काल भुक्तानि गर्न समेत माग गरेको छ । 

जनकपुरमा केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै सो पार्टीका नेता जितेन्द्र सोनलले संविधान संशोधन गर्न माग गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो । 

लोसपाले चीनसँग भएको बीआरआई सम्झौता नेपालको हितमा नभएको समेत दाबी गरेको छ । 


प्रतिक्रिया