प्रदेश सरकार बारे निर्णय गर्न नागरिक उन्मुक्तिको बैठक बस्दै

चैत्र १४, २०८० | धनगढी

सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्न नागरिक उन्मुक्ति पार्टी केन्द्रीय समितिको बैठक बुधबार कैलालीको टीकापुरमा बस्दैछ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका अनुसार बैठकले प्रदेश सरकारहरुका बारेमा पार्टीको धारणा तय गर्नेछ । 

नागरिक उन्मुक्ति पार्टीभित्र कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारलाई समर्थन गर्ने या केन्द्रीय तहमा गठित नयाँ समीकरण अनुसार सरकार गठन गर्ने भन्नेमा फरक फरक मत रहँदै आएको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ समीकरणको पक्षमा हुनुहुन्छ भने संरक्षक रहेका रेशम चौधरीले कांग्रेस नेतृत्वकै वर्तमान सरकारलाई समर्थन गरेर जानुपर्नेमा धारणाहरु सार्वजनिक गर्दै आउनु भएको छ । 

पार्टीका संरक्षक रेशम चौधरी देश बाहिर रहेका बेला बैठक बस्न लागेको हो । नयाँ गठबन्धनका शीर्ष नेताहरुलेसुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिन सकिने विकल्पमा छलफल भइरहेको बताएका छन् । सुदूरपश्चिममा जुनसुकै दलको सरकार बन्न नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।


प्रतिक्रिया