त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चैत्र १७, २०८० | गोरखा

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा दुई महिला सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला, दुई पुरुष र एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैबाट नदीमा खसेको हो । मृतकको शनाखत हुन बाँकी रहेको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता एक जनाको खोजी भईरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया