कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

चैत्र १८, २०८०

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आगामी मंगलवार विश्वासको मत लिने हुनुभएको छ । आगामी मंगलबार संसदबाट विश्वासको मत लिनेगरी संसद सचिवालयमा पत्र प्राप्त भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो । 

सत्तारुढ एमालेले कर्णाली प्रदेशको मुख्यमन्त्री दावी गरेको खबर सार्वजनिक भइरहँदा माओवादी नेता शर्माले आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा बदलिएको राजनीतिक समीकरण पछि कर्णालीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । 


प्रतिक्रिया