लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए सपथ

चैत्र २५, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेचरन समक्ष मुख्यमन्त्री महरा र अन्य मन्त्रीहरुले सपथ लिएका हुन् । 

लुम्बिनी प्रदेशमा एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकिकृत समाजवादी र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेका चेतनारायण आचार्य, माओवादी केन्ऽका दीपेन्ऽ पुन र जसपाका भण्डारीलाल अहिरले सपथग्रहण गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 

तीन जना मन्त्रीको मन्त्रालय भने तोकिएको छैन । दोस्रो चरणमा मन्त्री मण्डल विस्तार गरेपछि मन्त्रीहरुको जिम्मेवारी तोकिने बताइएको छ । अहिले लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय छन् । भागबन्डा मिलाउन सत्तागठबन्धनका दलहरुले मन्त्रालय थप गर्ने सम्भावना छ । 


प्रतिक्रिया