लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार गते विश्वासको मत लिने

चैत्र २७, २०८०

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिनु हुने भएको छ ।

प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको बैठक आगामी शुक्रवार १ बजे तोक्नुभएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो । 

 महरा गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । 


प्रतिक्रिया